तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक वित्तीय व्यवस्थापनका लागि सूत्र  (मोबाइल एप्स) को सुरुवात

काठमाडौँ । स्थानीय तहमा वित्तीय व्यवस्थापनलाई पारदर्शी बनाउने उद्देश्यले लागु गरिएको सूत्र मोबाइल एप्सको आज काठमाडौँमा सुरुवात गरिएको छ । 

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले उक्त एप्स आज एक समारोहकाबीच महालेखा नियन्त्रक सुमनराज अर्याललाई हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा राजदूत पोलिटले स्थानीय सरकारले सञ्चालन गर्ने आर्थिक गतिविधिलाई यस एप्समार्फत् आम नागरिकले सहजरुपमा हेर्न सक्ने बताउनुभयो । 

महालेखा नियन्त्रक सुमनराज अर्यालले नेपाल डिजिटल युगमा प्रवेश गरेको भन्नुहुँदै वित्तीय क्षेत्र र शासकीय प्रणालीमा प्रविधिको प्रयोगले आर्थिक पारदर्शिता कायम हुने विश्वास व्यक्त गर्नुभयो । 

त्यसैगरी, गाउँपालिका महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले थोरै जनशक्तिमा धेरै काम गर्न सकिने सूत्र प्रणाली लागु भएपछि  स्थानीय सरकारको लेखा प्रणालीमा नयाँ आयाम थपिएको बताउनुभयो ।  

विगत ५ वर्षदेखि स्थानीय तहहरूमा लागु हुँदै आएको सूत्र लेखा प्रणाली हाल ७५३ वटै स्थानीय तहमा कार्यान्वयन भइरहेको छ ।  

सूत्र स्थानीय तहमा आधारभूत बजेटिङ तथा लेखांकन मापदण्डमा आधारित आर्थिक कारोबारको व्यवस्थापन सहज रुपमा गराउने उद्देश्यले विकास गरिएको वेभमा आधारित सफ्टवेयर प्रणाली हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button