तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला समन्वय समिति पाल्पाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको प्रमुख सहितका सबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । 

नेकपा एमालेको तर्फबाट टङ्क खनाल जिल्ला समन्वय समितिको प्रमुखमा विजयी हुनुभएको छ । 

यस्तै, उपप्रमुखमा एमालेकी काशिका गैरे निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, सदस्यहरूमा बसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशवराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित हुनुभएको छ । 

१० स्थानीय तह रहेको पाल्पा शुक्रवार समन्वय समितिका लागि निर्वाचन भएको थियो ।

समन्वय समितिको प्रमुखमा निर्वाचित खनालले ११ मत ल्याउनुभएको छ । खनालका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका यमलाल तिमिल्सिनाले ९ मत मात्र ल्याउनुभएको थियो ।

यस्तै, एमालेको तर्फबाट उपप्रमुखमा निर्वाचित गैरेले ११ र निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण भुसालले ९ मत मात्र ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button