तपाईँ सुन्दै हुनुहुन्छः

यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा मेघराज केसी नियुक्त

काठमाडौँ । मेघराज केसी नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोटका लागि मेघराजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले टेक्निकल कमिटीको सिफारिसमा मेघराजलाई टिम हेर्ने जिम्मेवारी दिइएको बताउनुभयो ।

मेघराज घरेलु फुटबलका हाइ प्रोफाइलका प्रशिक्षक रुपमा परिचित हुनुहुन्छ । साफ यू–२० च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बङ्गलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button