तपाईँ सुन्दै हुनुहुन्छः

रोकिएको ७ घण्टापछि पोखरामा मतगणना सुरु

पोखरा । रोकिएको ७ घण्टापछि पोखरामा मतगणना सुरु भएको पोखरा महानगरपालिका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो ।

file photo

पोखरामा महानगरपालिका–१८ मा ६ वटा मतपत्र नपुगेपछि मतगणना रोकिएको थियो । एमालेले पुनः मतगणनाको माग राख्दै पोखरा २२, ३२, ३३ को जारी मतगणना रोकेको थियो ।

नेपाली काँग्रेसले पनि १७ र १ को पुनः मतगणना गरी पाउँ भनी निवेदन दिएको छ ।

अहिले पोखरा १८ को विषयलाई थाती राखेर रोकिएका अन्य वडाको मतगणना सुरु भएको हो ।

अहिलेसम्म पोखराको १ लाख ३९ हजार ४ सय ११ मतगणना भएको छ । पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । अब ३ हजार ८ सय १५ मतगणना गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button