तपाईँ सुन्दै हुनुहुन्छः

ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

सुदूरपश्चिम । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको मृत्यु भएको हो । पूर्वतर्फ गइरहेको से१त ६८२७ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आइरहेको सुप प्र ०१–००८ प १७८३ नंको स्कुटर एकापसमा ठोक्किएका हुन् । 

दुर्घटनामा स्कुटर चालक कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा स्कुटरको पछाडि सवार लम्कीचुहा नगरपालिकाका जमुना सिंह घाइते हुनुभएको छ । घाइतेको धनगढीमा उपचार भइरहेको छ । 

प्रहरीले चालकलाई ट्र्याक्टरसहित नियन्त्रणमा लिएको छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button