तपाईँ सुन्दै हुनुहुन्छः

अछामको साँफेबगर १३ मा पुनः मतदान

अछाम । अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा पुनः मतदान भएको छ ।

वैशाख ३० गते एक आपसमा झडप भई विवाद उत्पन्न भएका कारण स्थगित मतदान कार्य आज शुरु भएको जिल्ला निर्वाचन अधिकारी कृष्णसिंह नायकले जानकारी दिनुभयो । आज बिहान ७ बजेदेखि मतदान शुरु भएको हो ।

हालसम्म ७०० मत खसिसकेको साँफेबगरका निर्वाचन अधिकृत याम नारायण गौलीले बताउनु भयो । राष्ट्रिय मावि बाब्लाको मतदान केन्द्र क र ख मा वैशाख ३० गते ३४४ मत खसेपछि विवाद हुँदा स्थगित भएको थियो । उक्त मतदान केन्द्रमा १ हजार ९६९ मतदाता रहेको तथ्याङ्क छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ मा पनि पुनः मतदान भई मतगणना कार्य समेत सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button