तपाईँ सुन्दै हुनुहुन्छः

पाँचवटा ऐतिहासिक तथा धार्मिक मूर्ति नेपाललाई फिर्ता

वासिङ्टन डिसी । सिङ्टन डिसी स्थित नेपाली राजदूतावासले चौधौं शताब्दीका ऐतिहासिक तथा धार्मिक महत्वका पाँचवटा ढुङ्गाको मूर्ति नेपाललाई फिर्ता पठाएको छ ।

उक्त मूर्तिहरू दूतावासले नेपाल सरकारको पुरातत्व विभागमा पठाएको हो ।

नेपाली दूतावासका अनुसार पाँचवटा मूर्तिमध्ये “उमा महेश्वर” को मूर्ति कोलोराडोको डेनभर आर्ट म्युजियमले सेप्टेम्बर १३, २०२१ मा दूतावासलाई हस्तान्तरण गरेको थियो।

त्यसैगरी, ‘चतुर्मुख शिवलिङ्ग’, ‘नागराज’, ‘पद्मपाणी’ र ‘शाक्यमुनि बुद्ध’ लगायतका मूर्तिहरू निजी सङ्कलकहरुले विभिन्न मितिमा दूतावासलाई हस्तान्तरण गरेका थिए।

महत्वपूर्ण ऐतिहासिक र सांस्कृतिक सम्पदाहरु नेपाल फर्काउनमा संलग्न सबै निकाय र व्यक्तिहरुलाई दूतावासले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button