तपाईँ सुन्दै हुनुहुन्छः

गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी 

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका दिपक रिसाल ९ हजार ६ सय ९२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५ सय ४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, उपप्रमुखमा नेकपा एमालेकी सान्नानी लामा ८ हजार ८ सय ४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम नेपाली काँग्रेसकी शान्ति नेपालले ८ हजार ६ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

९ वटा वडा रहेको गोकर्णेश्वर नगरपालिकामा हालसम्म वडा नम्बर १, २, ३, ६ र ७ मा नेकपा एमाले, ५, ८ र ९ मा नेपाली काँग्रेस र ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button