तपाईँ सुन्दै हुनुहुन्छः

     रामेछापका ६ वडाको परिणाम सार्वजनिक 

रामेछाप । जिल्लाको आइतबार बिहान सम्ममा रामेछाप जिल्लाको ६ वटा वडाको नतिजा सार्वजनिक भएको छ ।

प्राप्त परिणाम अनुसार नेपाली काँग्रेसबाट सुनापति १ को गुन्सी,गोकुल गंगा गाउँपालिका वडा नं १ को चुचुरे र वडा नं २ को ठोसेमा नेपाली काँग्रेसका उमेद्वारहरु क्रमशः धु्रर्व चौलागाइ ९ सय ३२ ,छत्र बहादुर बस्नेत ७ सय १५ ,र सुन्दर कार्की  निर्वाचित भएका छन्  । ३ मध्य गुन्सीमा माओवादी केन्द्र र अन्य दुई वडामा भने नेकपा एमाले सँग प्रतिस्पर्धा भएको थियो ।  त्यसैगरि मन्थली नगरपालिकाको वडा नं १४ को फुलासी ,उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देल,लिखु तामाकोसी गाउँपालिका १ को दुरागाउँको वडाध्यक्षमा नेकपा एमालेका उमेद्वारहरु क्रमशः मोतिलाल तामाङ,ङातिन्डु शेर्पा, प्रदिप तामाङ निर्वाचित भएका छन् । उनीहरू तीन जनाले नेपाली काँग्रेसका उमेद्वारहरुलाई पराजित गरेका हुन्  ।           

गोकुलगंगा गाउँ पालिका वडा नं  १ चुचुरेको मत गणनामा नेपाली काँग्रेसले अध्यक्ष सहित प्यानलै जितेको छ भने, । सो वडामा नेपाली काँग्रेसका छत्र बस्नेतले क्ुुल  ७ सय १५ मत प्राप्त गरी विजयी भएका छन् भने,उनका निकटतम प्रतिद्धन्दि नेकपा एमालेका मिन बहादुर किर्किले ६ सय १९ मत प्राप्त गरेका थिए  । ६ वटा गाउँपालिका र २ वटा नगरपालिका रहेको रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा निर्वाचन स्थगित भएका कारण सो पालीका  बाहेक अन्य पालीकामा मत गणनाको काम भइरहेको र गणनाको काममा भएको ढिलाइलाई हेर्दा परिणाम आउनका लागि करिब १ हप्ताको समय लाग्ने अनुमान गरिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button