तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुर नगरपालिकाका २ वटा वडामा नेमकिपाको प्यानलै विजयी

भक्तपुर । ५ वर्ष अघिको स्थानीय निकायको निर्वाचनमा मेयर,उपमेयर, वडा अध्यक्षहरू, सदस्यहरु सवैजना जितेको गरेको नेपाल मजदुर किसान पार्टी नेमकिपाले यो पटक पनि भक्तपुर नगरपालिकामा यही सफलता दोहराउने निश्चित जस्तै देखिएको छ । 

नेमकिपालाई सबैभन्दा खतरा देखिएको भक्तपुर नगरपालिका १ र भक्तपुर नगरपालिका ३ मै फराकिलो अन्तरले प्यानलसहित विजयी भएपछि यो दाबी गर्न सकिने अवस्था आएको हो । 

भक्तपुरमा १० वटा वडाहरू रहेका छन् । यीमध्ये वडा नं १ र ३ नेमकिपाका लागि यस पटक सबैभन्दा कठिन थियो । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका सम्पूर्ण दलहरू एक भई नेमकिपालाई हराउन भनी संयुक्त गठबन्धन भएको थियो । तर परिणाम अनुसार नेमकिपा सबै राष्ट्रिय पार्टीहरूको संयुक्त गठबन्धनलाई फराकिलो मत अन्तरले पराजित गरी यी दुवै वडामा प्यानलसहित विजयी हासिल गरिसकेको छ । यो हिसाबले बाँकी सबै वडामा नेमकिपाले सहजै अत्यधिक बहुमतले जित्ने निश्चित जस्तै छ ।

आइतबार बिहानसम्म भक्तपुर नगरपालिका वडा नं १ र २ को मत परिणाम आइसकेका छन् भने ३ को मत गणना जारी छ ।वडा नं १ को वडा अध्यक्षमा श्यामकृष्ण खत्री र वडा नं ३ को वडा अध्यक्षमा राजकृष्ण गोरा पूरै प्यानलसहित विजयी भएका छन् । नेमकिपाको मेयरमा सुनिल प्रजापति  र उपमेयरमा रजनी जोशीले पाएको मत पनि निकै फराकिलो अन्तर छ । हालसम्मको गणनामा अन्य दलभन्दा नेमकिपाका मेयर उपमेयरले ६ हजार भन्दा बढी मत प्राप्त गरेका छन् ।भक्तपुर नगरपालिकामा ७५ दशमलव ७१ प्रतिशत मत खसेको थियो । यहाँ ५७ हजार दुई सय ७० मतदाता रहेकोमा ४३ हजार तीन सय ५९ मत खसेको थियो

प्रतिक्रिया राख्नुहोस्

Back to top button