तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा ९ महिनामा सवारी कारबाहीबाट २ करोड ३२ लाख सङ्कलन 

चितवन । चितवनमा चालु आर्थिक बर्ष ०७८।०७९ को ९ महिनामा सवारी कारबाहीबाट २ करोड ३२ लाख २४ हजार राजश्व सङ्कलन भएको छ । 

चालु आवको श्रावण देखि चैत्र सम्म जिल्ला ट्राफिक कार्यालय, चितवनले उक्त राजश्व सङ्कलन गरेको हो ।  सो अवधिमा सबै सवारी साधन गरी २४ हजार ४६४ वटा सवारी साधन कारबाहीमा परेका थिए । 

सबैभन्दा बढी राजश्व र कारबाहीमा मोटरसाइकल 
९ महिनाको अवधिमा सबै प्रकृतिका सवारीसाधनमध्ये सबैभन्दा बढी ६ हजार ५७६ वटा मोटरसाइकल कारबाहीबाट ५५ लाख १० हजार पाँच सय रुपैंया राजश्व सङ्कलन भएको छ भने सबैभन्दा कम एक हजार १७६ ट्रयाक्टर कारबाहीबाट ११ लाख ३४ हजार पाँच सय रुपैंया राजश्व सङ्कलन भएको छ । 

यस्तै दोस्रो सबैभन्दा बढी जिप कार कारबाहीमा परेका छन् । सो अवधिमा ५ हजार ५९३ वटा जिप कारबाट ५२ लाख तीन हजार रुपैंया राजश्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयका अनुसार ४ हजार ६४९ वटा ट्रक ट्रिपरबाट ५० लाख २५ हजार रुपैंया, ३ हजार १०९ बस माइक्रो, बस कारबाहीबाट २८ लाख ७८ हजार पाँच सय, र ट्याम्पो तथा अन्य सवारी ३ हजार ३६१ वटा बाट २५ लाख ७३ हजार रुपैंयांँ राजश्व सङ्कलन भएको छ । 

जिल्लामा सवारीको चाप र  सङ्ख्या मोटरसाइकलको बढी भएको र ट्राफिक नियम उल्लङ्घनको सङ्ख्या पनि मोटरसाइकलबाट हुने गरेकाले राजश्व सङ्कलन पनि सोही मात्रमा वृद्धि भएको कार्यालयका प्रमुख धर्म बहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकलमा सवार गर्दा दुर्घटनाको सङ्ख्या साथै उल्लङ्घनका घटना बढी भएकोले मोटरसाइकल बढी कारबाहीमा परेका हुन् । 

कतिपय मोटरसाइकल चालकको चालक अनुमति पत्र तथा ब्लुबुक नबोकी हिँड्ने गरेकोले पनि कारबाहीमा पर्ने गरेको अधिकारीले बताउनुभयो । अन्य सवारीको हकमा मापसे, लेन अनुशासन पालना नगर्ने, ओभरट्रेकिङ्ग, यान्त्रिक गडबडी , क्षमताभन्दा बढी सामान तथा यात्रु बोक्ने लगायतका  गल्तीको प्रकृति अनुसार पनि  कारबाही सङ्ख्या घटबढ हुने गरेको उहाँको भनाई छ  ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button