तपाईँ सुन्दै हुनुहुन्छः

तीनै तहका सरकारबिच समन्वय गरेर अगाडि बढ्न प्रदेश प्रमुखको सुझाव

रुपन्देही । लुम्बिनी प्रदेशमा तेस्रो चरणको कोरोना संक्रमण बढ्न थालेपछि प्रदेश प्रमुख अमिक कुमार शेरचनले तीनै तहका सरकारबिच समन्वय गरेर अगाडि बढ्न सुझाव दिनुभएको छ ।

प्रदेश सरकारले कोरोना नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिँदै प्रदेश प्रमुख शेरचनले कोरोना संक्रमण नियन्त्रण, खोप अभियान र उपचारमा सामूहिक योजनाबाट अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

आइतबार प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसीसहित सभामुख, प्रदेशका मन्त्रीहरू, स्वास्थ्य मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई बोलाएर उहाँले महामारी नियन्त्रणका लागि प्रदेशले अभियान नै सञ्चालन गरेर अरू प्रदेशलाई सन्देश दिनुपर्ने बताउनुभएको थियो ।

पर्याप्त मात्रामा पिसिआर परीक्षण नभएको, सिरिन्ज अभाव र आर्थिक अभावले क्वारेनटाइन सञ्चालन हुन नसकेको मिडियाबाट जानकारी पाएको बताउँदै उहाँले तत्काल तिनै तहका सरकार मिलेर कोरोना नियन्त्रण तथा बिरामीको उपचारमा लाग्न सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button