तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंज उच्च अदालतमा कार्यरत न्यायधिशसहित २३ कर्मचारीमा कोरोना संक्रमण

बीरगंज । बीरगंज उच्च अदालतमा कार्यरत न्यायधिशसहित २३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अदालतमा कार्यरत न्यायधिश सहितका कर्मचारीलाई एक साथ ज्वरो आउने, रुघाखोकी देखिएपछि परिक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको उच्च अदालत वीरगन्जका रजिस्टार केशव पौडेलले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएसँगै भोलिबाट सेवा सङ्कुचन हुने सम्भावना रहेको उच्च अदालत वीरगन्जका रजिस्टार पौडेलले जानकारी दिनुभयो ।

अदालतका न्यायधिश, रजिस्टार, उपरजिस्टार, शाखा अधिकृत, नायब सुब्बा लगायतका २३ जनामा कोरोना परिक्षण गर्दा आज पोजेटिभ देखिएपछि भोलिबाट बन्दी प्रत्यक्षीकरण लगायतका अत्यावश्यक सेवा बाहेकका अन्य बहस सुनुवाइ प्रभावित हुने पौडेलले बताउनुभयो ।

वीरगन्जमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको र परिक्षण गराएमा घर घरै संक्रमित रहेको नारायणी अस्पतालका चिकित्सक डा.नीरज सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button