तपाईँ सुन्दै हुनुहुन्छः

मल बिक्री केन्द्र सल्यानका जुनियर सहायकमाथि भ्रष्टाचार मुद्दा

सल्यान । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मल बिक्री केन्द्र, सल्यानका तत्कालीन जुनियर सहायक विजय कुमार पासवानविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार पासवान विरुद्ध १८ लाख, ७६ हजार ६ सय ६४ रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पासवानले सल्यान मल बिक्री केन्द्रमा इन्चार्जको रुपमा कार्यरत रहँदा आफूखुसी व्यक्तिगत खातामा रकम जम्मा गरेर हिनामिना गरेको भन्दै निजबाटै असुल उपर माग दाबी गर्दै विशेष अदालत काठमाडौँमा बुधवार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पासवानमाथि भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार मुद्दा दायर भएको छ ।

पासवानले मलको नियमानुसार हिसाब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दा रकम हिनामिना गरेको खुलेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button