तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक युवकको मृत्यु

तनहुँ । नेटवर्कको काम गर्ने क्रममा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामपुर–७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारामा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युतको तारमा छोइदा करेन्ट लागेर ज्ञवाली घाइते भएका थिए ।

घाइते ज्ञवालीलाई उपचारका लागि पोखरा पठाइएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

ज्ञवाली तनहुँको दुलेगौडास्थित डिभिजिङ नेटवर्क प्रालिको कर्मचारी हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button