तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा प्रथम महिला गोल्ड कप हुने

पाँचथर  । तमु ल्होसारको अवसर पारेर रानिटारमा पहिलो पटक महिला ल्होसार गोल्ड कपको आयोजना गरिन भएको छ । 

रानिटार युनाईटेड क्लब पाँचथरले पत्रकार सम्मेलन गरी पुस १२ गतेदेखि तीन दिनसम्म प्रथम महिला ल्होसार गोल्ड कप सञ्चालन गर्न लागेको जनाएको छ ।

खेलकुदमार्फत महिला सशक्तीकरण, हाम्रो अभियान भन्ने नारासहित प्रथम महिला गोल्ड कप आयोजना गरिएको हो ।

गोल्ड कपमा प्रदेश नंं. १ का आठ वटा महिला फुटबल टिमको सहभागिता हुनेछन् । 

प्रतियोगितामा विजेता टिमलाई ५० हजार र उपविजेता टिमलाई ३० हजार नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजन क्लबका अध्यक्ष टंक गुरुङले जानकारी दिनुभयो ।

रानिटारको बराजु खेलमैदानमा प्रत्येक दिनको दुई बजेबाट खेल सञ्चालन गर्ने तयारी छ । 

प्रत्येक खेलको उत्कृष्ट खेलाडी, गोल रक्षक, डिफेन्डर र मिडफिल्डरलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । 

खेलकुदमार्फत महिला सशक्तीकरण गर्ने उद्देश्यले महिला गोल्ड कपको आयोजना गरिएको क्लबका सचिव रुपेन्द्र तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button