तपाईँ सुन्दै हुनुहुन्छः

बाँसघारीमा जलेको अवस्थामा पुरुषको शव फेला

सल्यान । सल्यानमा बाँसघारीमा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको शारदा नगरपालिका –५ रानीकोटमा बाँसघारीमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

मृत फेला पर्नेमा शारदा नगरपालिका–५ रानीकोट गैरागाउँका अन्दाजी ३० वर्षीय शेर बहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । स्थानीयले शुक्रवार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । चन्दको घरमा समेत रगत देखिएकाले चन्दको घरमा हत्या गरी बाँसघारीमा जलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाई छ । 

हत्या गरेको आंशकामा स्थानीय दुई महिलालाई नियन्त्रणमा लिएको र अनुसन्धान अघि बढाएको खड्काले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button