तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकामा कारको ठक्करबाट धेरैको हताहती

काठमाडौँ । अमेरिकाको विसकन्सिन राज्यको वाउकेशा सहरमा क्रिसमस परेड भइरहेको ठाउँमा एउटा कारले मानिसहरू पेलेर अघि बढ्दा धेरै हताहत भएका छन् ।

सो सहरका प्रहरी प्रमुख डान थोम्वसनले कारले बालबालिका सहित २० जना मानिसलाई ठक्कर दिएको बताउनुभएको छ ।

उहाँले सो घटनामा मानिसहरू मारिएका पुष्टि गर्नु भए पनि के कति मानिसको मृत्यु भयो भन्ने कुरा उनीहरूका परिवारका सदस्यलाई बताए पछि मात्र जानकारी दिने बताउनुभयो ।

प्रहरीले सो कार र एक जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरी घटना आतङ्ककारी प्रकृतिको हो, होइन अनुसन्धान थालेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button