तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाएकी बालिकाको एक हप्तापछि अन्त्येष्टि

अछाम । बेमौसमी वर्षाका कारण अछाम जिल्लामा गत कात्तिक २ गते खोलाले बगाएर ज्यान गुमाएकी बालिकाको एक हप्तापछि अन्त्येष्टि गरिएको छ । गत कात्तिक २ गते दिउसो खेतबाट घर फर्किँदै गरेकी ढकारी गाउँपालिका वडा नम्बर ३ हिच्माकी ७ वर्षकी महेशरा थापाको आइतबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरी सोमबार अन्त्येष्टि गरिएको हो ।

स्थानीय जुतिखोलामा रहेको काठको पुल तर्ने क्रममा वर्षाले चिप्लो बनाएको पुलमा चिप्लिएर खोलामा खसेकी बालिकालाई बगाएको मृतकका बुवा महेन्द्र थापाले बताउनु भयो ।
 अविरल वर्षाका कारण बढेको खोलाले बगाउँदा ज्यान गुमाएकी उनीलाई पोष्टमार्टमका लागि बोकेरै जिल्ला अस्पताल पुर्‍याइएको थियो । वर्षाले बाटोघाटो पूर्ण रुपमा अवरुद्ध भएको खोलानाला बढेको लगायतका कारण ढिलो गरी अस्पतालमा पुर्‍याएको र अस्पताल पुर्‍याएको १ दिनपछि पोष्टमार्टम गरिएको मृतकका काका जनक थापाले बताउनुभयो ।

मृतक बालिका स्थानीय कालिका आधारभूत विद्यालय हिच्मामा ३ कक्षामा अध्ययनरत रहेकी थिइन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button