तपाईँ सुन्दै हुनुहुन्छः

अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकद्वारा विद्यालय पुनः निर्माण गरी हस्तान्तरण

काठमाडौँ । अफ्रिकामा तैनाथ श्री रणशेर गणको सातौँ डफ्फाले CIVIL Affairs (MINUSCA) सँगको सहकार्यमा Atongo इलाकामा रहेको स्थानीय विद्यालयको पुनः निर्माण कार्य सम्पन्न गरी स्थानीय अधिकारीलाई हस्तान्तरण गरेको छ । 

कोभिड–१९ को सम्पुर्ण मापदण्डहरू पालना गरी सञ्चालन भएको उक्त कार्यक्रममा स्थानीय मेयर, शिक्षा मन्त्रालयका अधिकारी तथा UNICEF र OCHA का स्थानीय प्रमुखहरूको उपस्थिति रहेको थियो । सोही अवसरमा उक्त इलाकामा तैनाथ नेपाली शान्ति सैनिक युनिटको तर्फबाट कोभिड–१९ रोकथामका सुरक्षात्मक सामग्रीहरूलगायत शैक्षिक सामग्रीहरु समेत उपलब्ध गराइएको थियो । 

उक्त समारोहलाई सम्बोधन गर्ने क्रममा स्थानीय मेयरले उक्त पुनःनिर्माणले स्थानीय विद्यार्थीहरूको शैक्षिक क्रियाकलापमा ठूलो टेवा पुग्ने विश्वास गर्दैMINUSCA Mission मा नेपाली शान्ति सैनिकहरूले गर्दै आइरहेको जनहितका कार्यहरूबाट स्थानीय जनता तथा शान्ति सैनिकबीच विश्वासको वातावरण सृजना भएको धारणा व्यक्त गर्नु भएको नेपाली सेनाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button