तपाईँ सुन्दै हुनुहुन्छः

बेमौसमी वर्षाले गण्डकीमा २६ सय हेक्टर धानबाली नष्ट

कास्की।बेमौसमी वर्षाले गर्दा कास्कीका किसान चिन्तित बनेका छन् । पाकेको धान थन्काउने चटारो लाग्ने गरेका किसानहरूलाई यती वेला निन्द्रा न दिनमा भोग नै लाग्ने गरेको छ ।बेमौसमको वर्षा र त्यसबाट निम्तिएको बाढीका कारण देशभरको धान बालीमा पु¥याएको असरले देशको अर्थतन्त्रलाई निकै धक्का पारेको छ ।

केही समय अगाडी पोखराका धान बालीमा गवारो र नेक ब्लास्ट देखिए पछि किसानहरू चिन्तित बनेका थिए । गवारो रोगबाट बचेको धान खेती काट्ने बेला बेमौसमको पानीले गर्दा काटेको धान नै कुहिएको पोखरा चाउथेका किसान दिलीप कार्की बताउनु हुन्छ ।कृषि महाशाखा प्रमुख मनोहर कडोरीयाका अनुसार धान राम्रो फल्ने पोखरा उपत्यकामा रहेका फेवा फाँट ,पामे , हेमजा फाटँ र शिशुवा क्षेत्रमा हो तर लगातारको वर्षाले गर्दा पाकेको धान किसानले आफ्नो भकारीमा समेत राख्न पाएका छैनन् ।

उहाँका अनुसार,महानगरपालिका भित्र ५०० रोपनी क्षेत्रफलमा किसानले लगाएको धानवाली पूर्ण रुपमा क्षति भएको छ । १५ सय रोपनीमा लगाएको धान पूर्ण रुपमा ढलेको छ ।पोखरामा बेमौसमी वर्षाका कारण गएको वर्ष भन्दा २५ प्रतिशत उत्पादन कम हुने अनुमान महाशाखाको रहेको छ । कास्कीको सबैभन्दा धेरै धान फल्ने पकट क्षेत्रमा निकै ठुलो क्षति पु¥याएको छ । अहिले कृषि विकास महाशाखाले पालिका भित्र रहेका विभिन्न स्थानमा अवलोकन तथा काटेर कुहिइन लागेको धानलाइ कसरी जोगाउन सकिन्छ भनेर किसानहरुलाइृ घुम्ती प्रशिक्षण दिँदै आएको छ ।

अत्याधीक राम्रो मानिने लेखनाथ क्षेत्रमा रहेको धानको अवस्था हाइब्रिड धान केही स्थानमा काटिएको, केही भिजेको, सडकमा सुकाइएको, भित्तामा ठड्याइएको, हल्का चिसो अवस्थामा धान झार्ने काम गरिएको कडोरीयाले बताउनु भयो ।पोखरामा मन्सुली भित्राउने अवस्थामा रहेको छ । पोखरेली जेठोबुढो दाना पुस्टिने अवस्थामा रहेको र केही स्थानमा ढलेको उठाउने प्रयास गरिएको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशमा मात्रै २६ सय हेक्टरमा धानवाली नष्ट भएको छ । प्रदेश भरी २५ सय ९१ हेक्टरमा लगाएको धानवाली बेमौसमको पानीले क्षति पु¥याएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।यो प्रदेशमा लगाएको ४ हजार ७१५ हेक्टरमा लगाएको धानवालीमा आंशिक क्षति भएको छ भने ९ जिल्ला रहेको यो प्रदेशमा सबैभन्दा धेरै कास्कीमा क्षति भएको तथ्याङ्कले देखाएको छ ।

कास्कीमा १ हजार ७३५ हेक्टरमा लगाएको धानवाली पुर्णरुपमा क्षति भएको प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक वासु रेग्मीले बताउनु भयो । गण्डकी प्रदेशमा १ लाख २० हजार ८२० हेक्टरमा धान बाली लगाएको थियो । प्रदेश भरी २ हजार ३७८ हेक्टरमा लगाएको धान मात्रै किसानको भकारीमा भित्रिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button