तपाईँ सुन्दै हुनुहुन्छः

मेची राजमार्ग सुचारु

इलाम । वर्षाको कारण अवरुद्ध बनेको मेची राजमार्ग सुचारु भएको छ ।  

इलाम जिल्लाको रक्से देउमाई खोपका सडकमा भएको अवरोध हटाएपछि आज  अपराह्नबाट यातायातका साधन सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी धुव्र बहादुर खड्काले बताउनु भयो । 

सोमबार रातीदेखि परेको अविरल वर्षाले सडक अवरुद्ध बनेको थियो सडक अवरुद्ध बन्दा इलाम पाँचथर र ताप्लेजुङका नागरिक सहित पाथीभरा दर्शनका लागि हिँडेका तीर्थ यात्रु समस्यामा परेका थिए । सडक सुचारु भएपछि यात्रुहरू गन्तव्य तर्फ लागेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button