तपाईँ सुन्दै हुनुहुन्छः

९ गते पालिका अधिवेशन गर्ने काँग्रेसको निर्णय

file photo

काठमाडौँ । नेपाली काँग्रेसको आज बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले वडा अधिवेशन सम्पन्न भएका स्थानमा यही असोज ९ गते पालिका तहको अधिवेशन गर्ने निर्णय गरेको छ । 

नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले वडा अधिवेशन सम्पन्न भएका ठाउँमा पूर्व निर्धारित मितिमा नै पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । 

यसैगरी बैठकले वडा अधिवेशन हुन बाँकी रहेका स्थानको सन्दर्भमा पनि ९ गते भित्र नै क्रियाशील सदस्यता विवाद समाधान गरी अधिवेशनको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

काँग्रेस पदाधिकारी बैठकले जिल्ला तथा प्रदेश तहको अधिवेशनका सन्दर्भमा भने केन्द्रीय निर्वाचन समितिले आवश्यकता अनुसार प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button