तपाईँ सुन्दै हुनुहुन्छः

४० लाखको भन्सार छलीको सामानसहित ट्रक नियन्त्रणमा

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगञ्ज वडा नम्बर २१ स्थित परवानीपुर सडक खण्डबाट चेकजाँचको क्रममा ना८ख ६४५७ नम्बरको ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले बीरगञ्ज वडा नम्बर २१ स्थित परवानीपुर सडक खण्डबाट चेकजाँचको क्रममा अन्दाजी करिब ४० लाख मूल्य बराबरको भन्सार छली बिना बिल बिजकको अवैध सामानसहित काठमाडौँतर्फ जान लागेको ट्रक र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहाुदर पाण्डेले बताउनुभयो । 

सो क्रममा ट्रकका चालक नवलपरासी जिल्ला देउचुली नगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय घनश्याम भट्टलाई नियन्त्रणमा लिएको र सामानसहित ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button