तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक वर्षाका कारण चीनमा थप २१ को मृत्यु, चार बेपत्ता

वुहान । चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

वर्षाका कारण भएका प्राकृतिक विपत्तिका घटनाहरूमा परी अरू चार जना अहिले पनि हराइरहेका अधिकारीहरूले जनाएका छन् ।

चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधवार देखी बिहीबारसम्म ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको अधिकारहरूले शुक्रवार जानकारी दिएका छन् । वर्षाका कारण आठ हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरूले बताएका छन् ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button