तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुला घटनाबारे छानबिन प्रतिवेदनका आधारमा सरकारले कदम चाल्ने : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटनाबारे सत्य तथ्य बुझ्ने काम भइरहेको बताउनुभएको छ । 

प्रतिनिधि सभाको आजको बैठकमा समसामयिक विषयमा बोल्दै गृहमन्त्री खाडले सत्य तथ्य पत्ता लगाउन गृह मन्त्रालयबाट सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको जानकारी गराउनु भयो ।

मन्त्री खाडले सहसचिव नेतृत्वको टोलीलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समय तोकिएको र छानबिन प्रतिवेदनका आधारमा सरकारले कदम चाल्ने बताउनुभयो ।
 गृहमन्त्री खाणले तुइन तर्ने क्रममा बेपत्ता भएका धामीलाई नेपाल र भारत दुवै पक्षको सुरक्षाकर्मीले खोजी क्रम जारी राखेको जानकारी गराउनु भयो ।
 उहाँले महाकाली नदिमा तुइनको ठाउँमा झोलुङ्गे पुल छिटो बनाउने र त्यहाँसम्म पुग्ने सडक निर्माण गरिने पनि बताउनु भयो । 

गृहमन्त्री खाडले देशका विभिन्न भागमा ६१९ मनसुनजन्य विपद्का घटना भएको र सिन्धुपाल्चोक, डोटी लगायतका ५६ जिल्लामा बाढी र पहिरोमा परि हालसम्म ६६ जनाको मृत्यु भएको र ४० जना बेपत्ता भएको जानकारी गराउनुभयो 

उहाँले देशभरिमा नै सबै भन्दा बढी सिन्धुपाल्चोक जिल्लामा मनसुनजन्य विपदबाट क्षति भएको भन्नुहुँदै ५ जनाको मृत्यु २० जना बेपत्ता र  भएको जानकारी गराउनु भयो । 

यस्तै गरी सिन्धुपाल्चोकमा बाढीबाट ३३८ घर पूर्ण रुपमा क्षति भएको, ८ वटा पक्की पुल, १४ वटा झोलुङ्गे पुल र ३२ वटा सरकारी भवनसहित मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्समा समेत क्षति पुर्‍याएको बताउनुभयो । 

उहाँले मेलम्ची खानेपानी आयोजनाको स्थलगत प्रतिवेदन तयार गरी पेश गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित मन्त्रालयलाई भनिएको जानकारी गराउनु भयो । 

बैठकको सुरूमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले उक्त घटनाबारे जानकारी माग गरेको थियो । बैठकमा एमालेका सांसद गणेशसिंह ठगुन्नाले तुइनबाट खसेर दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाबारे औपचारिक रूपमा भारतसँग विरोध जनाउन माग गरेको गर्नु भएको थियो । 

एमाले सांसद सिंहले घटनाबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउन पनि माग गर्नु भएको छ । उहाँले  पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न पनि माग गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button