तपाईँ सुन्दै हुनुहुन्छः

२७ किलो गाँजासहित एक जना पक्राउ

वीरगञ्ज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले २७ किलो ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । 


पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ भतौडा निवासी बसुदेव माझीलाई २७ किलो ग्राम लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।


इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा गाउँपालिकाको वडा नम्बर ४ भतौडाबाट माझीलाई पक्राउ गरेको हो ।


माझीमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button