तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ।प्रतिनिधिसभामा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेश गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आयोगको वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुभएको हो । सरकारले संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

शोक प्रस्ताव पारित

सभाले पूर्व प्रतिनिधिसभा सदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँको निधनप्रति सभामा एक मिनेट मौन धारणसहित शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गरियो । बैठकले शोक सन्तप्त परिवारप्रति समवेदना पनि प्रकट ग¥यो ।

आमनिर्वाचन २०४८ सालमा तत्कालीन जनमोर्चाका तर्फबाट सिरहा क्षेत्र नं ५ बाट निर्वाचित ७५ वर्षीय तामाङको गत जेठ २० गते उपचारका क्रममा निधन भएको थियो ।

यसअघि बैठकमा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्तिसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन १५ गते शुक्रवार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button