तपाईँ सुन्दै हुनुहुन्छः

एथलेटिक्स सङ्घद्वारा सागका पदक विजेता खेलाडी सम्मानित

काठमाडौँ । डेढ वर्षअघि स्वदेशमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतालाई नेपाल एथलेटिक्स सङ्घले नगदसहित सम्मानित गरेको छ ।


नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले सागमा स्वर्ण पदक विजेता खेलाडीलाई व्यक्तिगत रुपमा १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे बमोजिम खेलाडीलाई पुरस्कृत गर्नुभएको हो । 


सागमा नेपालले ३ स्वर्ण, १ रजत र ४ कांस्य जितेको थियो । रजत र कांस्य जित्ने खेलाडीलाई सङ्घको तर्फबाट सोमबारै सम्मानित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button