तपाईँ सुन्दै हुनुहुन्छः

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.९७ अङ्कले बढेर दुई हजार ९९४.५८ मा पुगेको छ । 

ठुला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.०२ विन्दुले घटेर ५६०.९४ मा पुगेको छ । कूल २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर रु ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार उपसमूहको शेयर आज उल्लेख्य बिन्दुले बढेको छ । व्यापार उपसमूह १९६.०२ ले बढ्दा बैङ्किङ १०.८४, निर्जीवन बिमा १०१.४४, उत्पादन ४१.२३, अन्य १६.८७, जीवन बिमा ५३.१५, सामूहिक लगानी कोष ०.१ र लगानी १.५९ बिन्दुले बढेको छ । यस्तै, होटल तथा पर्यटन १६.०४, विकास बैङ्क १८.३, जलविद्युत् १.५४, वित्त २९.७९ र लघुवित्त ४.४२ विन्दुले घटेको छ । 

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार ५९ बराबर पुगेको छ । कारोबारका आधारमा आज एनआइसी एसिया बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको रु ३५ करोड ४१ लाख ६६ हजार ४४ बराबरको कारोबार भयो । त्यस्तै नबिल बैङ्क रु ३३ करोड १८ लाख १२ हजार ४०९, नेपाल बङ्गलादेश बैङ्क रु ३१ करोड २९ लाख २१ हजार ९००, राष्ट्रिय बिमा कम्पनीको संस्थापक शेयर रु ३० करोड ९६ लाख ८९ हजार २३० र सिनर्जी पावर रु २८ करोड ९९ हजार ९२ ६६० बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । 

कारोबारका आधारमा आज सिनर्जी पावरको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी ९.२०, नेपाल इन्स्योरेन्स ७.५७, नागरिक लगानी कोष ६.४० र हिमालयन ऊर्जा विकास कम्पनीको लगानीकर्ताले ५.९८ प्रतिशतले कमाए । 

नेपाल इन्भेस्टमेन्ट बैङ्कको ऋणपत्र ५.८७, सनराइज बैङ्कको ऋणपत्र ५.०६, गुर्खाज फाइनान्स ३.६०, मञ्जुश्री फाइनान्स ३.२० र एचआइडिसिएलका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button