तपाईँ सुन्दै हुनुहुन्छः

आधुनिक गीत ‘तिमी रिसाउँदा’ सार्वजनिक

काठमाडौँ । गायक राहुल रक्सको आवाजमा रहेको आधुनिक गीत ‘तिमी रिसाउँदा’ सार्वजनिक भएको छ ।

प्रेम दिवसका अवसरमा सार्वजनिक गरिएको गीतका शब्द तथा सङ्गीत सुरज अधिकारी (सुर रक्स) का हुन् भने सङ्गीत संयोजन पुषोत्तम सुवेदीले गर्नुभएको छ ।

विशेषगरी युवा वर्गलाई लक्ष्य गरी गीत लेखिएको अधिकारीले बताउनुभयो । जनकदीप पराजुलीकोे निर्देशन रहेको भिडियोमा डिमन क्षेत्री र अर्नबी ढुङ्गानाले अभिनय गर्नुभएको छ ।

गीतमा सागर प्रधानको छायाङ्कन, विष्णु खड्काको सम्पादन र ध्रुवराज प्रज्वलितको रङ संयोजन छ ।

भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button