तपाईँ सुन्दै हुनुहुन्छः

अत्याधिक रक्तस्रावका कारण ज्यान जोखिममा परेकी सुत्केरीको हेलिकप्टरबाट उद्धार

ताप्लेजुङ । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । ताप्लेजुङ सिरिजंघा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बुको हेलिकप्टरबाट आज साँझ गरेर उद्धार गरी विराटनगर लगिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार बच्चा जन्मिएपछि लिम्बुको अत्यधिक रक्तश्राव भएको थियो । ‘बच्चा जन्मने क्रममा बच्चाको हात मात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थान परियोजना अन्तर्गत हवाई उद्धारका लागि हेलिकप्टर मगायौँ,’ घिमिरेले भन्नुभयो, ‘हेलिकप्टर आउन्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्पन्न अस्पतालमा पठाएका हौँ ।’
निजको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button