तपाईँ सुन्दै हुनुहुन्छः

गरिब पहिचानका लागि गणक तथा सुपरिवेक्षक प्रशिक्षण तालिम शुरु

बारा । गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमसम्बन्धी गणक तथा सुपरिवेक्षक प्रशिक्षण तालिम बारा जिल्लामा सुरु भएको छ ।

जिल्ला समन्वय समितिको कार्यालय, बाराको आयोजनामा १६ वटै स्थानीय तहमा तालिम दिने व्यवस्था गरिएको तालिमका प्रशिक्षक अब्दुल हक अन्सारीले जानकारी दिनुभयो ।

तालिम फागुन २ गते सम्म चल्ने छ । तालिम लिएका गणक तथा सुपरिवेक्षकले प्रत्येक पालिकाको घरमा पुगी व्यक्तिको विवरण, स्रोतसाधनको उपलब्धता, घरको अवस्था, आम्दानीको अवस्था, गाईबस्तुको तथ्याङ्क, कृषि, रोजगारी लगायतको विवरण लिने उपमहानगरपालिकाको सूचना अधिकारी राम शर्माले जानकारी दिनुभयो ।

बारा जिल्लामा १८ सुपरिवेक्षक र ९३ गणक छनोट गरिएको छ । प्रत्येक गणक र सुपरिवेक्षकहरूलाई घरधुरीको विवरण डिजिटल तरिकाले प्रविष्टि गर्न ट्याब उपलब्ध गराइएको छ ।

चालु आर्थिक वर्षमा नेपाल सरकारले बारा जिल्ला लगायत १५ वटा जिल्लाहरूमा गरिब परिवार पहिचानको लागि कार्यक्रम चलाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button