तपाईँ सुन्दै हुनुहुन्छः

समाचार सम्प्रेषण गर्दा संवेदनशीलता अपनाउन जिल्ला न्यायाधीशको आग्रह

बीरगंज । पर्सा जिल्ला अदालतका न्यायाधीश धर्मराज पौडेलले अदालतको निष्पक्षता, स्वच्छताप्रति आँच आउने समाचार सम्प्रेषण गर्दा संवेदनशीलता अपनाउन आग्रह गर्नुभएको छ ।

जिल्ला अदालत पर्साद्वारा आज आयोजित अन्तरक्रियामा न्यायाधीश पौडेलले अदालतको काम कारवाहीप्रति न्यायाधीशहरू इमानदार रहेको तर बाहिरी हावाको कारण अदालत फोहर देखिने गरेको धारणा जनमानसमा छाएकोले सञ्चारकर्मीले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पर्सा जिल्ला अदालतमा अहिलेसम्म ४ हजार ७ सय ६१ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको तथ्याड्ढ सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा न्यायाधीश भोलाप्रसाद ढकाल, नारायण शर्मा, माधवप्रसाद मैनाली, हरिकृष्ण श्रेष्ठ, राजेशकुमार कटुवाल, उद्धवप्रसाद गजुरेल, श्रेस्तेदार कृष्णप्रसाद अधिकारी, तहसिलदार विनोद पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button