तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा बन्दको प्रभाव सामान्य

No description available.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समुहले आज गरेको बन्दको प्रभाव उपत्यकामा भने सामान्य रहेको छ ।

उपत्यकाका विभिन्न स्थानमा सवारी आवागमन सामान्य रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बन्दकर्ताहरुले विभिन्न स्थानमा अवरोध सिर्जना गरिरहेका भएपनि सुरक्षाकर्मीहरुले आवागमनलाई भने सहज बनाइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेश वस्नेतले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

विहानैदेखि सवारी आवागमनमा अवरोध गर्ने, तोडफोडमा संलग्न करिव ६० जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी बनदकर्ताले हड्तालका क्रममा एउटा ट्याक्सीमा आगजनी गर्नुका साथै चावहिलमा यात्रुवाहक वसको सिसा फोरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button