तपाईँ सुन्दै हुनुहुन्छः

६४ हजार बढी व्यक्तिमा कोरोनाविरुद्धको खोप लगाइयो

file photo

काठमाडौँ । आज देशभर १४ हजार ८ सय ९४ जनामा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

आज प्रदेश १ मा १ हजार ५ सय ४७, प्रदेश २ मा २ हजार १ सय १०, वाग्मती प्रदेशमा ५ हजार ४ सय २, गण्डकी प्रदेशमा १ हजार ८ सय ८७, लुम्बिनी प्रदेशमा २ हजार ६३, कर्णाली प्रदेशमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनामा खोप लगाइएको हो ।

योसँगै खोप अभियानको आज चौथो दिनसम्म ६४ हजार ४ सय २२ जनाले खोप लगाइसक्नुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज १ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर  ३ हजार ६ सय १८ नमुना परीक्षण गर्दा ६६ पुरुष र ४३ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको छ ।

कोरोना संक्रमण बाट आज थप ३ सय ५० जना निको भएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६६ हजार ४८ पुगेको छ ।

२ हजार ७ सय ७९ सक्रिय सङ्क्रमितमध्ये १ सय ४४ जनाको आइसियु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप २ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार २७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button