तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाले आज चितवनमा जनसभागर्ने : प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने 

चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आज शनिबार भरतपुरमा विशाल सभालाई सम्बोधन गर्नुहुने भएको छ । नेकपा चितवनले आयोजना गरेको जनसभालाई प्रम ओलीले सम्बोधन गर्न लाग्नु भएको हो ।
प्रधानमन्त्री ओलीले मध्यान्ह १२ः३० बजे भरतपुरको केन्द्रीय बस टर्मिनलमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा चितवनका कार्यालय संयोजक पार्वती रावलले जानकारी दिनुभयो । रावलका अनुसार जनसभामा जिल्लाका गाउँगाउँबाट आम जनसमुदायको ठूलो सङ्ख्यामा उपस्थिति रहने छ ।
जिल्लाका प्रत्येक वडाबाट जनसभामा आउनका लागि तयारी भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “गाउँगाउँ र टोलटोलबाट स्वतःस्फूर्त रुपमा जनसमुदायहरू सभामा आउने हामीलाई जानकारी आएको छ ।”सभास्थलमा आउने जनसमुदायलाई तीन ठाउँमा जम्मा भएर ¥यालीसहित आउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पूर्वबाट आउने जनसमुदायलाई भरतपुरको वसन्तचोक, पश्चिमबाट आउने जनसमुदायलाई चौबीसकोठी र उत्तरबाट आउने जनसमुदायलाई मालपोतचोकमा जम्मा भई ¥यालीसहित आउने व्यवस्था गरिएको छ ।
¥याली र सभालाई व्यवस्थित गर्न ठूलो सङ्ख्यामा स्वयंसेवक परिचालन गरिएको नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
जनसभामा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साह लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभालाई सम्बोधन गर्नु अघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ र भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button