तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समुहद्वारा ७१ वर्षीया वृद्धाको हत्या

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ ढक्का हिरापुर बस्ने ७१ वर्षीया वृद्धा खण्टी भुलको हत्या भएको छ ।

घरमा एक्लै बस्ने वृद्धाको हत्या भएको अवस्थामा आइतबार दिउँसो घरभित्रै शव फेला परेको प्रहरीले जनाएको छ । वृद्धाको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताउनु भयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक खण्टी भुलका भाइ हिरे भुलका अनुसार, मृतक भुलले सधैंजसो नाक, कान र घाँटीमा तीन तोला जतिका सुनका गरगहना लगाइराख्ने गरेको र सोही गहना लुट्न हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button