तपाईँ सुन्दै हुनुहुन्छः

क्यू आर कोडमार्फत् भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालन

काठमाडौं । प्रभु बैंकले आफ्ना मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौं उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोडमार्फत् भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्ने गरी प्रभु बैंक लि. र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौं उपत्यकामा महिला सबारी चालकहरुद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुने बैंकले जनाएको छ ।

महिला सवारी चालकद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंक लि. को क्यू आर कोड राखिएको र ती सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरुले आफनो मोबाईलबाट क्यू आर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाईएको बैकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button