तपाईँ सुन्दै हुनुहुन्छः

अनलाइन पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

 
काठमाडौँ । रेडियो नेपालमा सञ्चालित अनलाइन पत्रकारिता सम्बन्धी एक हप्ते कार्यशाला आज सम्पन्न भएको छ ।
कार्यशालाको समापन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले रेडियो नेपालको अनलाइन सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन तालिम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
पछिल्लो समय अनलाइन सेवा सबैको रोजाइमा रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष बस्यालले तालिममा सिकेका ज्ञान, सीपलाई प्रविधिका माध्यमबाट कार्यसम्पादनमा लागु गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले अनलाइन सेवालाई व्यावसायिक रुपमा अगाडि बढाउन तालिमले सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।
रेडियो नेपालका सञ्चालक समितिका सदस्य एवम् कार्यक्रम महाशाखा प्रमुख टिका भण्डारीले तालिमबाट प्राप्त ज्ञान, सीपलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रशिक्षक प्रवेश सुवेदीले अनलाइन सेवाका लागि गरिएको लगानी अनुसारको प्रतिफल प्राप्त गर्न तालिम उपयोगी हुने बताउनुभयो ।
प्रशिक्षार्थी गगनशिला खड्काले तालिमले सहभागीलाई अनलाइन सम्बन्धी ज्ञान, सीप र क्षमता अभिवृद्धिमा थप ऊर्जा प्रदान गरेको बताउनुभयो ।
 
        
   

प्रतिक्रिया राख्नुहोस्

Back to top button