तपाईँ सुन्दै हुनुहुन्छः

रामेछापकी ८७ वर्षीया शक्तिमायालाई घरमै नागरिकता प्राप्त

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–५, रामपुर निवासी ८७ वर्षीया शक्तिमाया तामाङले घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तामाङलाई उहाँको घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गर्नुभएको हो । उहाँ परिवारमा कोही सदस्य नभएका कारण एक्लै बस्दै आउनुभएको छ ।

वडा नम्बर ५ का अध्यक्ष भिम बहादुर तामाङले आवश्यक कागजातसहित प्रशासनमा सिफारिस गरेपछि नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

नागरिकताको प्रमाणपत्र नहुँदा ८७ वर्षीया तामाङले हालसम्म ज्येष्ठ नागरिक सुरक्षा भत्ता प्राप्त गर्न सक्नुभएको थिएन । नागरिकता प्राप्त भएसँगै अब ज्येष्ठ नागरिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रिया अगाडी बढेको वडाअध्यक्ष तामाङले बताउनुभयो ।

फोटोः इरामेछाप टक कम

प्रतिक्रिया राख्नुहोस्

Back to top button