तपाईँ सुन्दै हुनुहुन्छः

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज फूलबारी लीला 

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत आज फूदवारी लीला रहेको छ ।
आज साँझ जनकपुरधामको विवाहमण्डमा फूलबारी लीलाको कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास वैष्णवको जानकारी दिनु भएको छ ।
आजैको दिन त्रेता युगमा मिथिलाका तत्कालीन राजा जनकको प्रतिज्ञा अनुसार आयोजना गरिएको धनुषयज्ञमा गुरु बशिष्टसंग जनकपुरधाम आएका बेलामा जनक दुलारी माता सितासँग पुलवारिमा सर्वप्रथम भेट भएको स्मरणमा फूलबारी लीला हुने गरेको छ ।
यसमा मानव स्वरूपमा राम लक्ष्मण, भरत शत्रुधन तथा सीता सहितका कुमारीको मानव रूप बनाएर जनकपुरधामको विवाह मण्डपमा विधि गर्ने चलन रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले जानकारी दिनु भएको छ ।
सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत हिजो नगर दर्शन, आज फूलबारी लीला, भोलि पुस १ गते धनुष यत्र, पुस २ गते स्वयंम्बर, ३ गते मटकोर, ४ गते मुख्य दिन विवाह उत्सव तथा ५ गते रामकलेवा गर्ने कार्यक्रम रहेको छ ।
यस वर्ष कोरोनाका महामारीको अवस्था रहेकाले विगत वर्ष जस्तो तयारी तथा भिडभाड रहेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button