तपाईँ सुन्दै हुनुहुन्छः

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।विभागले देशमा पश्मिी बायुको प्रभाव रहेको जनाएको छ ।

 

हेर्नुस् विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन : 

 

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०८-३०, बिहान ०६:०० बजे)

 

मौसम विश्लेषण (Meteorological Analysis):

हाल  देशमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।

 

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशको तराईका अधिकांश भू-भागमा कुहिरो / हुस्सु लागेको अवस्था छ । 

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

 मंसिर ३० गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, प्रदेश २ तथा बागमती प्रदेशमा  आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती:  प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

 

 पौष १ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती:  देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।


पौष २ गते (बिहिबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती:  देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button