तपाईँ सुन्दै हुनुहुन्छः

गौतमबुद्ध कप क्रिकेट टी–ट्वान्टी ढाँचामा गरिने

काठमाडौं । चितवनमा शनिबारबाट सुरू हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता टी–ट्वान्टी ढाँचामा गरिने भएको छ । शुक्रबार पिचको अवस्था अनुसार प्रतियोगिता टी–ट्वान्टी फरम्याटमा खेलाइने भएको छ ।

पछिल्लो तीन दिनदेखि राम्रोसँग घाम नलागेको मौसमको अवस्था हेर्दा टी २० फर्म्याटमा गर्न लागिएको हो । मंसिर ३० गतेसम्म हुने प्रतियोगिता तीन टिमको सहभागिता रहेको छ । जसमा बागमती, नारायणी र राप्ती टिमले एक अर्कासँग खेल्नेछन र शिर्ष २ टिमले फाइनल खेल्ने भएका छन ।

सहभागी तीन टिममा वागमतीको कप्तानी ज्ञानेन्द्र मल्ल, नारायणीको पारस खड्का र राप्तीको कप्तानी बिनोद भण्डारीले गर्ने पक्का भइसकेको छ । प्रतियोगिताको व्यवस्थापन क्विन्स ईभेन्ट्स म्यानेजमेन्टले गर्नेछ ।

धुर्मुस सुन्तली फाउण्डेनले निर्माणको नेतृत्व गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा राष्ट्रिय टिमका खेलाडी सम्मिलित टिम प्रतिस्पर्धामा उत्रनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button