तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा स्वास्थ्य बीमा कार्यक्रम सुरु  

उदयपुर । उदयपुरमा सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । यो सँगै नेपाल सरकारले  स्वास्थ्य बीमा कार्यक्रम ६१ जिल्लामा लागु गरेको छ ।
सामान्य परिवारका बिरामीलाईसमेत उपचारमा पहुँच पुर्‍याउने उद्देश्यले नेपाल सरकारले राष्ट्रिय बीमा बोर्ड टेकुमार्फत कार्यक्रम अघि सारेको हो । बीमा बोर्डले सोमबार सदरमुकाम गाईघाटमा औपचारिक कार्यक्रमको आयोजना गरी बीमा कार्यक्रम लागू भएको जानकारी दिएको छ ।
कार्यक्रममा प्रदेश सांसद अम्बिका थापाले उदयपुरका ज्येष्ठ नागरिक भुवानसिंह श्रेष्ठलाई बीमा परिचयपत्र हस्तान्तरण र गमलाको फुलमा पानी लगाएर कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा  सांसद थापालाई बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर निरौलाले बिमा कार्यक्रममा आवद्द भएको परिचयपत्र दिनुभएको थियो  ।
उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिकाका वडाध्यक्ष भिमबहादुर पुलामी मगर, धनमाया मगर र कुलप्रसाद भण्डारीलाई बेलका नगर प्रमुख दुर्गाकुमार थापा, चौदण्डिगढी नपा प्रमुख खगेन्द्र राई र त्रियुगा नपा उपप्रमुख देविकुमारी चौधरीले बिमा परिचय पत्र हस्तान्तरण गरिएको थियो ।
स्वास्थ्य बीमा कार्यक्रम नेपाल सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने उद्देश्य अनुरूप राष्ट्रिय बिमा नीति २०७१ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति २०७१ बमोजिम आर्थिक वर्ष २०७२÷७३ बाट सुरु गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button