तपाईँ सुन्दै हुनुहुन्छः

प्रवर्द्धनको पर्खाइमा सुनछहरी झरना !

रोल्पा-  रोल्पाको पुर्विक्षेत्रमा पर्ने सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्यूरीमा रहेको सुनछहरी झरणा वर्षैा देखी पर्यटन प्रबद्र्धन र बिकाशको प्रचुर सम्भावना बोकेर पर्खाइमा रहेको छ ।

सुनछहरी झरणा बाट नियमितरुपामा सुन बगीरहेको छ भन्नेकुरा धेरैलाइ बिश्वाश नलाग्न सक्छ तर उक्त झरणा बाट बग्ने पानीको बेगले सुनको चट्टान लाइ कटान गर्दै फुटाएर सुन बगाइरहेको भेटिन्छ ।

त्यहा सुनको खानीरहेको प्रमाण लुङ्ग्री खोलामा बालुवा निकालेर चाल्नेक्रमा सुनका टुक्राहरु पाइन्छन् र त्यसक्षेत्रमा बसोवास गर्ने पहीलेका पुराना गाउले जेष्ठ मानिस ले सोही ठाउको सुन लगाएको देख्न भेट्न सकिन्छ ।

गाउपालीका,लुम्बीनी प्रदेश सरकार ,संघीय सरकार सङ्गै खानी तथा भुगर्भ बिभाग ले आबस्यक कानुनी प्रकृया पुरा गरेर उच्चतम ध्यानमा राखी उत्खन तथा प्रसोधन गरी बजारीकरण गरेमा रोल्पाकै आयश्रोत, बिकाश हुनुका साथै
पर्यटकीय गतिबिधी बढाउन प्राकृतिक सम्पदाको संरक्षण प्रबद्र्धन गर्दै मनोरम सुन्दर दृष्य, शान्त वतावरण ,शितल हावापानी रहेको स्थानीय सुनछहरी झरनाको प्रचार प्रसार तथा अवलोकन गर्न पुल, आबश्यक पुर्वाधार निर्माण गरी आकर्षक पर्यटकको गन्तब्य पर्यटकिय क्षेत्र र दैनिक खेर गैरहेको सुन निकालेर बजारमा बिक्री गर्नसके सुनछहरी झरणाले पर्खदैआएको बिकाश प्रबद्र्धन को अपेक्षा पुरा हुने बिश्वाश गरीएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button