तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमति हत्या गर्ने श्रीमान पक्राउ

सिन्धुपाल्चोक – आफ्नै श्रीमतीलाई हत्यागर्ने श्रीमान पक्राउ परेका छन । मेलम्ची नगरपालिका १३ छाप भञ्ज्याङका ७७ बर्र्षीय भैरबसिँह तामाङले आफ्नै ८० बर्षकी बुद्धिमाया तामाङको खुकुरी प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङले खुकुरी प्रहार गरि घर भन्दा ५० मिटर अगाडि जङ्गलमा टाउको लुकाएको र अहिले प्रहरी घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक तामाङ्ले जानकारी दिनुभयो । घटना के कारणले भयो भन्ने खुलेको छैन । अहिले प्रहरिले अभियुक्त लाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button