तपाईँ सुन्दै हुनुहुन्छः

किसानहरुलाई ५० लाख बराबरको फलफुलको विरुवा वितरण

धनकुटा । धनकुटाको छथरजोरपाटी गाँउपालिकाले फलफूल खेतिमा किसानलाई आत्मानिर्भर तथा फलफूलत्र पकेट क्षेत्र बनाउने लक्ष्यका साथ किसानहरुलाई ५० लाख् बराबरको फलफुलको विरुवा वितरण गरेको छ ।

जिल्लाको सात वटा स्थानिय तहहरु मध्ये छथरजोरपाटी गाँउपालिका प्रदेश नं १ कै तरकारी धेरै उत्पादन गर्ने तरकारी पकेट क्षेत्रको रुपमा परिचित रहेको छ । त्यस्तै गरी यो गाँउपालिका तरकारीमा मात्र नभएर दुध उत्पादनमा पनि आत्मानिर्भर भइसकेका छन् ।

यस गाँउपालिकाले आर्थिक वर्ष २०७६।०७७ बाट पालिकालाई फलफुल खेतिमा किसानलाई आत्मानिर्भर तथा फलफूल पकेट क्षेत्र बनाउने लक्ष्यका साथ गाउँपालिकाको ६ वटै वडाका किसानहरुलाई ५० लाख वरावरको एवोकार्डाे, कागती, सुन्तला, आँप, लिची, अनार, जुनार लगायत फलफुलको विरुवा निःशूल्क रुपमा वितरण गरेको गाउँपालिका अध्यक्ष शेर वहादुर लिम्वुले जनाकारी दिनुभयो ।

आँप १३ सय ५०, लिची २९ सय, अनार ११ सय, कागती १२ हजार २ सय, एवोकार्डो १९ हजार १ सय, सुन्तला को २२ सय वोट विरुवा वितरण गरिएको कृषी शाखा मिलन कार्कीले वताउनुभयो । गाउँपालिकाको २ र ६ नं वडामा एवोकार्डोको २ हजार ५०, सुन्तला २ सय, कागती १५ सय ५० लिच्चि ५० वोट वितरण गरिएको छ ।

३ नं वडामा एवोकाडो ८ हजार, कागती २२ सय, सुन्तला ७ सय, आँप १ सय, लिच्चि १ सय र अनारको १ सय वटा विरुवा किसानहरुलाई प्रदान गरिएको वडाध्यक्ष ज्ञान वहादुर लिम्वुले वताउनुभयो । त्यस्तै १ नं वडामा एवोकार्डो ३७ सय, सुन्तला २ सय, जुनार २ सय, कागती २६ सय ५०, आँप २ सय, अनार ६ सय र लिचि ३ सय ५०, ४ नं वडामा ४९ सय ५० वोट एवोकाडो, २ सय वोट सुन्तला, २४ सय ५० कागती, ४ सय अनार, १५ सय ५० लिचि र ८ सय वोट आँपको विरुवा वितरण गरिएको छ । भने ५ नं वडामा २५ वोट एवोकाडो, ६ सय ७० सुन्तला, ३२ सय कागती, लिचि ८ सय वोट वितरण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button