तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धार्थ राजमार्ग अझै खुलेन

पाल्पा । सोमबार बेलुका साढे ५ बजेबाट अबरुद्द सिद्धार्थ राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।

सिद्घार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडक खण्डको दोभान,गौंडे लगाएतका ठाँउमा पहिरो जाँदा सडक अबरुद्ध भएको छ । अबरुद्ध सडक खुलाउने प्रयास भने जारी रहेको बताईन्छ । पाल्पाको तिनाउँ गाउँपालिका ३ दोभान बजार नजिकै ठूलो ढुङ्खा खसेको र बुटवल, पाल्पा दुबै तर्फबाट ब्रेकर प्रयोग गरी सडक खुलाउने प्रयास भैरहेको पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयोे ।

रातीको समयमा खतरा हुने भएकोले पहिरो हटाउने काम रोकीएको थियो । मंगलबार दिनभर र बुधबार बिहानै देखि पहिरो हटाउने काम भएपनि अहिलेसम्म बाटो खुल्न सकेको छैन । पहिरोमा रहेका ठुला ठुला ढुङ्गा फुटाउने प्रयास जारी छ । बुधबार साँझसम्म बाटो खुल्न सक्ने प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button