तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य सामाग्री खरिदबारे लेखा समितिमा छलफल

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले कोभिड–१९ को महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिद प्रक्रियाका सम्बन्धमा आज छलफल गरेको छ ।

छलफलमा सांसदहरुले खरिद प्रक्रियामा सल्लाहकार हावी भएको, असम्बन्धित कम्पनीसँग खरिद सम्झौता गरिएको र अप्रत्यासित मूल्य निर्धारण गरी खरिद सम्झौता गरिएको विषयमा प्रश्न उठाउनुभयो ।

छलफलमा तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोभिड १९ को संक्रमणको अवस्थामा जसरी भएपनि सामान खरिद गरी जनताको सुरक्षा गर्नुपर्ने भएकाले विशेष परिस्थितिको कानुनी प्रावधान अनुसार नै खरिद संम्झौता गरिएको जानकारी दिनुभयो ।

विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले असल नियतले महामारीको समयमा कानुनी प्रावधान अनुसार नै खरिद सम्झौता गरिएको र सम्झौता अनुसार कम्पनीले सामान उपलब्ध नगराएपछि उसँगको संम्झौता पछि रद्द गरिएको बताउनुभयो ।

स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. खेम बहादुर कार्कीले खरिद सम्झौतामा आफु संलग्न नभएको र जसरी पनि औषधी खरिद गर्नै पर्ने अवस्थामा आफ्नो विज्ञता अनुसार सल्लाह र वार्तालापमा सहयोगीको भूमिका निर्वाह मात्र गरेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button